‘मार्सी चामल खाएर जनता मार्न पाइँदैन’ भन्दै पोखरामा कांग्रेसले प्रधानमन्त्रीको राजीनामा मागे

| 2018 Jul 31 | 03:05 pm 2936

काठमाडौं, साउन १५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पोखरामा केपी ओली सरकार विरुद्ध विरोध गरेको छ । पृथ्वीचोकदेखि विरोध र्‍याली सुर गरी चिप्लेढुंगा (विपीचोक)मा आएर कोण सभा गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले वर्तमान ओली सरकार सर्वसत्ताबाद र अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाए । उनले प्रधानमन्त्री केपी ओलीको राजीनामा समेत मागे । नेपाली चेलीमाथि तुच्छ आरोप लगाउने कानुन मन्त्री शेरबहादुर तामाङको केसमा प्रधानमन्त्री पनि जिम्मेवार भएकाले ओलीले राजीनामा दिनुपर्ने उनको भनाई थियो ।

जुलुसका सहभागीले कम्युनिष्ट सर्वसत्तावाद मुर्दावाद, उखान टुक्का बन्द गर, मार्सी चामल खाएर जनता मार्न पाइँदैन, मूल्य वृद्धि फिर्ता गरालगायतका नाराहरू लगाएका थिए ।

उनले वाइड बडी विमान खरिदमा पर्यटन मन्त्री रवीन्द्र अधिकारीले करोडौँ भ्रष्टाचार गरेको भन्दै कारबाहीको माग गरे । प्रतिनिधिसभाका सांसद सूर्य बहादुर केसीले तीनै तहको सरकारले बढाएको करले उद्योग व्यवसाय धराशायी हुने चेतावनी दिए ।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले सर्वसत्तावादबिरुद्धको आन्दोलन सबै नेपाली जनताको भए पनि कांग्रेसले नेतृत्व मात्र गरेको बताए ।

गण्डकी प्रदेश सांसद विन्दु कुमार थापाले कांग्रेसको वर्तमान आन्दोलन सांकेतिक मात्रै भएको बताए । पूर्वकानूनमन्त्री तथा कांग्रेस नेता यज्ञ बहादुर थापाले सरकारले माफियालाई पोस्ने र गरिब जनताको ढाड सेक्ने गरेको आरोप लगाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.