मारुती सिमेन्ट उद्योगका मजदुरले आत्महत्या गरेको विरोधमा प्रदर्शन

रिपोर्ट नेपाल | 2019 Dec 10 | 09:41 pm 1704

  • महेश सिंह

सिरहा, मंसिर २४: मंगलबार सिरहाको मिर्चैया चन्द्रउदयपुरस्थित रहेको मारुती सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरले आत्महत्या गरेका छन् ।

आत्महत्या उद्योगका कारण गरेको भन्दै मजदुर र आफन्तहरुले त्यसको विरोधमा पूर्वपश्चिम राजमार्गको चोहर्वा सडक अवरुद्ध गरी आन्दोलन गरिरहेका छन् ।

उक्त उद्योगमा बिगत २ वर्षदेखी कार्यरत रहेको २१ वर्षीया अनिता पासमानलाई व्यवस्थापन पक्षले रोजगारबाट हटाएपछि उनले आत्महत्या गरेका थिए । सोही कारणले मृतका आफन्तहरुले विरोध गरेका हुन् ।

मंगलबार व्यवस्थापन पक्षले गोलबजार नगरपालिका ९ गोविन्दपुर घर भएकी पासमानलाई व्यवस्थापन पक्षले रोजगारवाट हटाएपछि आत्महत्या गरेको प्रहरीले जानकारी दिए ।

मारुती सिमेन्टमा काम गर्ने मजदुर, स्थानीय लगायतले उद्योग अगाडि सडकमा टायर बालीको सवारी आवागमन अबरुद्ध गरी प्रदर्शन गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.