मामाघर पुगेकी १८ वर्षीया एक किशोरी बलात्कृत

रिपोर्ट नेपाल | 2019 Jan 30 | 06:56 pm 2052

राजविराज,  माघ १६  : मामाघर पुगेकी १८ वर्षीया एक किशोरी बलात्कृत भएकी छिन् । बलात्कार गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ महुवाका २० वर्षीय प्रभुकुमार यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयले बुधबार उजुरी दर्ता गरेको छ ।

मामाघरको पछाडि बारीमा दाउरा लिन गएका बेला आरोपितले गत सोमबार बलात्कार गरेको भन्दै अभिभावकले दिएको उजुरी दर्ता गरी कारवाही अघि बढाइएको सप्तरीका एसपी राजेनद्र विष्टले बताए ।

पीडितको राजबिराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा मंगलबार स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ । बलात्कार आरोपित फरार रहेकोले खोजी भइरहेको एसपी विष्टले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.