मापसे गरी सवारी चलाउनेलार्इ कडा कारबाही गर्नुपर्छ : वरिष्ठ उपरीक्षक पन्त

रिपोर्ट नेपाल | 2018 Jul 24 | 05:24 pm 4057

काठमाडौँ, साउन ८ :  महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुमार पन्तले मापसे गरी सवारी चलाउनले कडा कारबाही गर्नुपर्ने बताएका छन् । नेपाल पुलिस क्लब, प्रदर्शनी मार्गमा आज (मङ्गलबार)  मेट्रो ट्राफिक एफ एमको छैटौँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै मेट्रो ट्राफिक एफ एमले सवारी अनुशासनको र चेतना वृद्धिको काम गरेको बताउँदै सडक लेन, सडक बत्तीको व्यवस्थापन गर्नु पर्ने बताए । उनले सवारी साधन चालकहरूलाई आफ्नो कर्तव्य पालना गर्नु पर्ने सुझाव समेत दिए ।

महानगरीय  कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मनोज नेउपानेले ट्राफिक प्रहरीले विभिन्न संघसस्थासंग मिलेर ट्राफिक नियम सम्बन्धी जानकारी गराएकाे बताएका छन् । कार्यक्रम बोल्दै नेउपानेले भने, ‘ट्राफिक  जनचेतनाबारे सञ्चार मध्यमबाट पनि  दिएका छैँ र दिइरहेन छैँ ।’

कार्यक्रम महानगरीय प्रहरी कार्यालय प्रमुख , प्रहरी नायव महानिरीक्षक मनोज नेउपानेको प्रमुख आतिथ्यमा कार्यक्रम महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाह पथको लागि  ABD काे  साैजन्यमा सडक बोड नेपाल बैदेशिक महाशाखाद्वारा प्राप्त Traffic Violation Record System (TVRS) सर्भर हस्तान्तरण समेत गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.