मानवरहित विमान कारबाहीमा आठको मृत्यु

रिपोर्ट नेपाल | 2019 Jan 14 | 04:34 pm 2373

 आफगानिस्तान ,३० पुस : अफगानिस्तानको उत्तरी प्रान्त बाघलानको बाघलान ए मार्काजी जिल्लामा भएको मावनरहित विमान कारबाहीमा परी तालिबानका प्रमुख कमाण्डरसहित आठ व्यक्तिको मृत्यु भएको छ ।

उत्तरी क्षेत्रका सेनाका प्रवक्ता अब्दुल हादी जमाल सो जानकारी दिए । बाघलान इ मार्काजी जिल्लाको कोक्चिनार क्षेत्रमा लुकेर बसेका तालिबानलक्षित सो मानवरहित विमान कारबाही गरिएको जमाल सिन्ह्वा समाचार समितिलाई जानकारी दिए ।

सो विमान कारबाहीमा परी तालिबानका प्रमुख कमाण्डर कारी आसादुल्लाहसहित आठ व्यक्तिको मृत्यु भएको जमालले बताए। यस कारबाहीमा परी सर्वसाधारणको हताहतको भने कुन समाचार प्राप्त नभएको जमालले बताउए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.