पश्चिम नवलपरासी, भदाै २४ः जिल्लाको पाल्हीनन्दन गाउँपालिका २ स्थित पानी जमेको नालामा डुवेका एक जनाको बिहिबार सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।
सोही ठाउँ बस्ने १९ वर्षीय रविन ठटेर उक्त नालामा पाछा मर्ने क्रममा डुवेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको सशस्त्र प्रहरीले उनको सकुशल उद्वार गरेको हो । उद्वार पश्चात उनलाई उपचारको लागि स्थानीय मेडिकलतर्फ पठाईएको छ ।
खोला तर्ने क्रममा बेपत्ता भएकाको शव फेला
बाँके जिल्लाको खजुरा गाउँपालिका ७ सिमलघारीस्थित खोला तर्ने क्रममा बेपत्ता भएका सोही ठाउँ बस्ने ५५ वर्षीय धनविक्रम राईको शव सशस्त्र प्रहरीले फेला पारेको छ । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण सम्शेरगंजबाट खटिएको गोताखोरसहितको सशस्त्र प्रहरीले उनको शव फेला पारेको हो ।
छ लाख रुपैयाँ बराबरको चोरीनिकासीको सुपारी बरामद
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ भुजौलीस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले ६ लाख रुपैयाँ मूल्य बराबरको चोरीनिकासीको सुपारी बरामद गरेको छ ।
अवैध रुपले चोरीनिकासी गरी भारततर्फ लैजानको लागि लुकाई छिपाई राखेको एक हजार के.जी. सुपारी सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सुपारी भन्सार कार्यालय भैरहवामा बुझाईएको छ ।