माछा मार्ने क्रममा छल्दी खोलमा डुवेर एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2022 Jun 04 | 05:34 pm 1473

गुल्मी, जेठ २१ः माछा मार्ने क्रममा खाेलामा डुवेर गुल्मीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इश्मा गाउँपालिका २ का ४१ वर्षीय झबिलाल कुमाल रहेका छन् । शनिवार दिउँसो छल्दी खोलमा माछा मार्न गएका उनको डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधब खरेलले जानकारी दिए ।

कुमाललाई खोलामा डुबेको अबस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेका थिए । कुमालको शबलाई पाष्टमार्टमका  लागि गुल्मी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । शबलाई पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाउने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.