माघ २ गते सार्वजनिक बिदा

रिपोर्ट नेपाल | 2019 Jan 15 | 07:19 am 2217

टीकापुर, माघ १ : माघीमा कैलालीका तीन स्थानीय तहले माघ २ गते सार्वजनिक बिदा दिएका छन् ।

टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । ती तहले कार्यपालिका बैठकको निर्णयअनुसार माघीका लागि बिदा थप गरेका हुन् ।

टीकापुर नगरपालिकाका प्रशासकीय अधिकृत रञ्जु आचार्यले थारू समुदायको मुख्य पर्व अरु समुदायले पनि महत्व दिएर मनाउने भएकाले टीकापुर नगरपालिकामा माघ २ गते बिदा दिनुपरेको बताए।

सार्वजनिक बिदाका दिन स्थानीय तहका कार्यपालिका कार्यालय, वडा कार्यालय र अन्य विषयगत कार्यालय बन्द रहने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.