धनकुटा, साउन १५ः विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा संक्रमण हुन नदिन सरकारले लागू गरेको मास्क प्रयोगको अभियानलाई बेवास्ता गरी मास्क नलगाई हिड्ने १ सय ५६ जनलाई प्रहरीले कारबाही गरेको छ ।
बिहीबार बिहान ६ बजे देखि बेलुकी बजेको समय सम्ममा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको गस्ति टोलिले धनकुटा नगरपालिका भित्र आवत जावत तथा सवारी साधनहरुमा मास्क नलगाई हिडडुल गर्ने मानिसहरुलाई कारबाही गरेको प्रहरीले जानकारी दिएको हो ।
उनीहरु मध्य ६ जनालाई सम्झाइबुझाइ गर्दा अटेर गरेपछि जिल्ला प्रशासन कार्यालय धनकुटामा लगी कारवाही स्वरुप १ सयको दरले प्रति व्यक्ति जरिवाना गरी छाडीएको छ ।, अन्य १ सय ५० जनालाई सम्झाईबुझाइ माक्स किन्न लगाई छाडिएको प्रहरीले जनाएको छ ।