माइतीघरमा शिक्षकहरुको आन्दोलन

| 2023 Sep 20 | 12:35 pm 2309

काठमाडौँ, असोज ३ । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरबाट आएका शिक्षकहरु राजधानीको माइतीघरमा भेला भएका छन् । नेपाल शिक्षक महास‌ंघको अगुवाइमा शिक्षकहरु आन्दोलनका लागि काठमाडौँ आएका हुन् ।

महासङ्घले विभिन्न १८ बुँदे असहमति राख्दै आन्दोलनको शुरुवात गरेको छ ।  जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका मागहरु पुरा नभएसम्म आन्दोलन नरोकिने महासंघको भनाइ छ । महासंघका अनुसार आज बुधबार माइतीघरमा भेला भई  शिक्षकहरु नाराजुलुससहित नयाँ बानेश्वर पुगेर कोणसभा गर्ने कार्यक्रम रहेको  छ ।

आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आइसकेका छन् ।  शिक्षकहरुको आन्दोलनका कारण राजधानीको यातायात अस्तव्यस्त बनेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.