माइक्रोको ठक्करबाट एकको मृत्यु

रिपोर्ट नेपाल | 2018 Nov 06 | 07:15 pm 1594

मुसिकोट, कात्तिक २०  : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ झुल्नेटा नजीकै माइक्रोबसको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान बागचौर नरपालिका–१२ की ३८ वर्षीया कल्पना ओली रहेको प्रहरीले जनाएको छ ।

देउसीभैलो खेल्नका लागि अपराह्न झुल्नेटातर्फ आउने क्रममा नेपालगञ्जबाट मुसिकोटतर्फ आउँदै गरेको भे१ज १००० नंको माइक्रोबसले ठक्कर दिँदा ओलीकोे मृत्यु भएको हो ।

माइक्रोबसको ठक्करबाट सोही वडाकी २८ वर्षीया दुर्गा केसी गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयोे । उहाँका अनुसार घाइते दुर्गालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.