महोत्तरीमा वडाध्यक्ष महतोको मृत्यु

रिपोर्ट नेपाल | 2019 Apr 04 | 07:28 pm 2092

महोत्तरी, चैत २१ :  जिल्लाको बलवा नगरपालिका–८ का वडाध्यक्षको बिहिबार मृत्यु भएको छ । मृत्यु हुनेमा वडाध्यक्ष लोकेन्द्र महतो रहेको बलवा नगरपालिकाका प्रमुख विनोद यादवले जानकारी दिए ।

उनी बिहान अचानक पेट दुखेर उपचारका लागि जनकपुरस्थित रामजानकी हेल्थ केयरमा गएका महतोले दिँउसो १२ बजेसम्म ठिक भई खाना खाएर एकछिन हिँड्डुलसमेत गरेका थिए ।

करीब आधा घण्टापछि वडाध्यक्ष महतोले फेरि आफूलाई सञ्चो नभएको र अप्ठ्यारो भएको भनी आफन्तलाई भनेपछि उपचारका लागि पुनः सोही अस्पताल लगिएको र केहीबेरमा उपचारकै क्रममा मृत्यु भएको प्रमुख यादवले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.