महिलालाई दुर्व्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ

| 2020 Jul 03 | 11:01 am 2688

कञ्चनपुर, असार १९ः महिलालाई दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरका एक जना जनप्रतिनिधि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष राम नाथ रहेका छन् ।

मदिरा सेवन गरेर स्थानीय एक महिलालाई अपशब्द बोल्दै हातपात गरेको अभियोगमा उक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दुर्व्यवहार गरेको आरोप लागेपछि वडाध्यक्षलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापाले बताए ।

महिलामाथि वडाध्यक्षले दुर्व्यवहारको गरेको भन्दै स्थानीयले इलाका प्रहरी कार्यालय, ब्रह्मदेव घेराउ गर्दै नाराबाजी गरेका गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.