महिला सहकारीले गरे गाउँमै जिउँदो खसी बोकाको व्यापार

रिपोर्ट नेपाल | 2018 Oct 03 | 08:27 pm 4196

गुल्मी, असोज १७ : नेपालीको महान चाड दशै , तिहार तथा छठ जस्ता महत्वपूर्ण चाडपर्वहरुमा मासुको मुल्य बृद्धि हुने र माग पनि बढ्ने समयमा गुल्मी जिल्लाको ईश्मा गाउँपालिका वडा नं ६ अमरपुरमा रहेको अमरपुर महिला कृषि तथा पशु विकास महिला सहकारीले जिउदै खसी बोका जोखेर बेच्न शुरु गरेका छन् ।

आज बुधबार १७ गते देखी १९ गतेसम्म खसी , बोका जोखेर बेच्न थालिएको सहकारीका अध्यक्ष देवकला थापाले जानकारी दिइन् । थापाका अनुसार २९ केजी सम्मका खसी बोकाको मुल्य प्रति केजी ३ सय ४५ , ३० केजी देखि ३९ केजी सम्मका खसी बोकाको प्रति केजी ३ सय ६५ रुपैयाँ , र ४० केजी देखी माथिका खसी बोकाको मुल्य प्रति केजी ३ सय ८० रुपैयामा बिक्र बितरण गरिएको बताइन् ।

यसरी सिधै व्यवसायिहरु कृषककामा आउने र बिचौलियाहरु बीचमा नरहने भएकाले किसानहरुले उचित मुल्य पाएको सहकारिका सचिव निमकला अर्यालले बताइन् । अर्यालका अनुसार हेफरको आर्थिक सहयोगमा नव प्रभात युवासंघले यसरी गाउँका महिलाहरुलाई व्यवसायिक बनाइदिएको र अहिले सहकारीको माध्यमबाट महिलाहरु आत्मनिर्भर भई बाख्रापालनमा उत्साहजनक रुपमा लागेका बताइन ।

३ दिन सम्ममा करिब १ हजार ५०० केजी बराबरको व्यापार गर्ने लक्ष्य रहेको बाख्रा बिकास परियोजना अमरपुरका संयोजक प्रकास चालिसेले जानकारी दिए । जिउदो खसी बोका जोखेर बिक्री गर्न लागिएको फोटो फिचर :

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.