महिला जिस्काएको आरोपमा खुकुरी प्रहार

रिपोर्ट नेपाल | 2019 May 16 | 11:06 am 2192

झापा, जेठ २:  बुधबार राति दमक ५ मा महिलालाई जिस्क्याएको निहुँमा एक युवकमाथि खुकुरी प्रहार भएको छ ।

खुकुरी प्रहार हुँदा दुईजना घाइते भएका छन् । दमक ५ का स्थानीय दीपक चौलागाइले खुकुरी प्रहार गर्दा सोही स्थानका यादव राई र उनकी पत्नी पेमा तामाङ घाइते भएको प्रहरीले जानकारी दिए ।

खुकुरी प्रहारबाट राईको टाउकोमा चोट लागेको छ । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । राईको श्रीमती पेमालाई सामान्य चोट लागेको बताइकएको छ ।

उक्त घटना दमक ५ की बिन्दु थापालाई यादवले मोबाएलमा म्यासेज पठाएर अनावश्यक दुःख दिएका कारण बिन्दुकै आग्रहमा चौलागाईले राईमाथि खुकुरी प्रहार गरेको प्रहरीको अनुमान छ । बिन्दुलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.