महिला च्याम्पियनसिपमा नेपाल र थाइल्याण्ड भिड्दै

रिपोर्ट नेपाल | 2018 Oct 24 | 01:18 pm 1793

काठमाडौँ, कात्तिक ७ : एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटमा नेपालले आज मंगलबार बलियो प्रतिद्वन्द्वी थाइल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ ।

आजको खेल दिउँसो थाइल्याण्डस्थित चोनबुरी मैदानमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले ‘प्रिम्याच कन्फ्रेन्स’मा पहिलो खेलमा नै नेपाली टोलीलाई चुनौती रहेकोले आफूहरु त्यहीअनुसारको रणनीतिका साथ मैदानमा उत्रने बताउए।

अघिल्लो खेलमा पनि नेपालले थाइल्याण्डविरुद्ध राम्रो नतिजा निकाल्न सकेन प्रतियोगिता अगाडि थाइल्याण्डले उत्तर कोरिया, मेक्सिको र चीनसँग मैत्रीपूर्ण खेल खेलिसकेको छ ।

समूह ‘बी’मा रहेको नेपालले दोस्रो खेल शुक्रबार भारतसँग र समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग कात्तिक ११ गते आइतबार खेल्नेछ ।

समूह ‘बी’मा नेपालसहित थाइल्याण्ड, भारत र पाकिस्तान रहेका छन् । छनोटको समूह विजेता र उपविजेता टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । आगामी चैतमा हुने दोस्रो चरणको छनोट खेलबाट चार टोलीले एएफसी यू–१९ महिला च्याम्पियनसिपमा छनोट हुनेछन् ।

एएफसी यू–१९ महिला च्याम्पियनसिप अर्को वर्ष थाइल्याण्डमै आयोजना हुनेछ । च्याम्पियनसिपका लागि चीन, जापान र उत्तर कोरिया यसअघि नै छनोट भइसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.