महिला आत्मनिर्भर नभएसम्म मुलुक बन्दैनः नेता प्रकाशमानसिंह

रिपोर्ट नेपाल | 2019 Jan 05 | 04:40 pm 2095

काठमाडौं, पुस २१:  पूर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमानसिंहले महिलालाई आत्मनिर्भर नबनाएसम्म मुलुकको आर्थिक विकास हुन नसक्ने बताएका छन् ।

 

शनिबार महिला सिर्जनशिल केन्द्र नेपालको १४ औं बार्षिक उत्सव तथा साधारण सभाको उद्घाटन गर्दै नेता सिंहले संस्थाले महिलालाई आत्मनिर्भर बनाउनका लागि दिएको विभिन्न तालिम प्रशंसनीय भएको बताएका थिए ।

साधारण सभाको उद्घाटन गर्दै सिंहले तालिममा सहभागी हुनु र प्रमाणपत्र प्राप्ती गर्नु मात्र उपलब्धी नभएर सिकेका सीप व्यवहारमा उतार्दै अन्यलाई पनि सिकाइयो भने मात्र त्यसको प्रभावकारी हुने बताए ।

संस्थाकी अध्यक्ष अनिता चापागाइको सभापतित्वमा सम्पन्न साधारण सभामा पूर्व सांसद तथा नेपाल महिला संघकी केन्द्रीय सदस्य कल्याणी रिजालले महिलालाई चुलो चौकामा मात्र सिमित राख्नुपर्छ भन्ने चिन्तन बोकेको हाम्रो रुढीवादी समाजमा महिला सिर्जनशिल केन्द्रले विभिन्न तालिम प्रदान गरेर आफ्नो खुट्टामा उभिन सक्षम बनाएको बताएकी थिइन ।

महिला नेतृ शान्ता ढकालले एक्कइसौं सताब्दीका महिला केवल भान्छा कोठामा सिमित नभएर देश विकासका लागि अग्रसर र सक्षम भएको बताएकी थिइन ।

नेतृ ढकालले जुन घरमा महिला आत्म निर्भर हुँदैनन् त्यो घरमा सम्पन्नता पनि नहुने बताइन । प्रशिक्षार्थी कविता राजवंशीले संस्थाले आफूलाई सक्षम र बजारमा बिक्न सक्ने ब्यूटिसियन बनाएको बताइन ।

कार्यक्रामको संचालन युवा नेता क्षितिज भण्डारीले गरेका थिए । कार्यक्रममा विभिन्न तालिममा सफल महिला प्रशिक्षार्थीलाई नेता प्रकाशमानसिंहले प्रमाणपत्र प्रदान गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.