काठमाडौं, पुस २ : शनिबारबाट सुरु भएको कांग्रेस महासमिति बैठक तीन घण्टाका लागि स्थगित गरिएको छ। सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समिति बैठकमा जानुपर्ने भन्दै बन्द सत्र हल छोड्न लागेपछि महासमिति सदस्यले होहल्ला गरेका थिए।
उनीहरुले महासमितिको बन्द सत्रमा प्रतिनिधिले बोलेका कुरा सभापति सुन्नुपर्ने भएपनि सभापति देउवा निस्किन लागेको भन्दै विरोध गरेका थिए। केन्द्रीय समिति बस्नैपर्ने भएको बैठक तीन घण्टाका लागि स्थगित गरिएको हो।
केन्द्रीय समिति बैठक सकिएपछि बन्द सत्र पुनस्सञ्चालन हुनेछ। आज छ जना प्रतिनिधिले आफ्नो धारणा राखेका थिए। महासमिति बैठक पुस तीन गतेसम्म चल्नेछ।