महाशिवरात्री पर्व मनाउन लहानमा पत्रकार सम्मेलन

रिपोर्ट नेपाल | 2021 Mar 10 | 08:42 am 2077

  • महेश सिंह

सिरहा, फागुन २६ः ब्रामह्म कुमारी राज योग सेवा केन्द्र लहानले ८५औं महाशिवरात्री पर्व भब्य रूपमा मनाउन पत्रकार सम्मेलन गरेका छन् ।

प्रत्येक बर्ष महाशिवरात्री पर्वका दिन कार्यक्रम मनाउने गरेका छन् । ब्राम्हा कुमारी राज योग सेवा केन्द्र लहानका प्रमुख नारायणी दिदीको अध्यक्षतामा कार्यक्रम गरिएको थियो भने प्रमुख अतिथिमा नेपाल पत्रकार महासंघ सिरहा शाखाको सभापति दिनेश्वर प्रसाद गुप्ताले रहेका थिए ।

No description available.

उक्त सम्मेलनलाई सम्बोधान गर्दै गुप्ताले भने बिश्व शान्तिका लागि र बिकृती फाल्नको लागि काम गरीरहेका छन् । अर्थात समाज परिवर्तनमा अहम् भुमिका र प्रशिक्षण केन्द्रको रूपमा बिकास र स्थापित भएको हामीले बुझेका छौँ । मानिसको समाजिक परिवर्तन र संवेगात्मक परिवर्तन गर्न अहिलेको आवश्यकता रहेको उनले बताए ।

ब्रम्हा कुमारी राज योग सेवा केन्द्र लहानका प्रतिनिधि महेन्द्र प्रसाद यादवका अनुसार आत्मीय भावले हर्यो भने मनमा शान्ति हुनु पर्ने बताए ।

सकारात्मक बिचार लिएर अगाडि बढी रहेको यादवले बताए । यादव भूपु सहायक विद्युत निर्देशक समेत हुन्।

विशेष अतिथि बिरेन्द्र लाल कर्णका अनुसार यो एउटा ईश्वरी महाविश्व विद्यालय हो । सन् १९३८ मा भारतबाट यसको सरुवात भएको हो। चरीत्र जिवनको विकास र शान्ति अमन चयनन गर्न उक्त संस्थाको मेन उद्देश्य रहेको बताए ।

No description available.

राजयोग सेवा केन्द्रले १ सय ५० वटा देशमा यो अध्यात्मिक शिक्षा दिने गरेका छन्। नेपालमा स्थापना भएको ५२ बर्ष भएको छ । २६ बर्ष देखि लहानमा संचालन भएका बबिन भाईजीले बताए ।

अर्का बिशिस्ट अतिथि रन्जित भाईजीका अनुसार शिबरात्री भनेको सुख शान्तिका पर्व हो। प्रजा पिता ब्राम्पह्म दर्या र आत्माका शक्ति प्रदान हुने गरेको बताए ।

नरायणी दिदीका अनुसार मानव जातिको कल्याणको लागि शिव र शंकर भनेको फरक हुने गरेको बताए। आत्मालाई जगाउनु पर्छ आउदो २७ गते र्याली र मन्चिङ कार्यक्रम हुने बताइन् ।

७ फिटको शिवलिङ्ग सहित यात्रा र्याली निस्किने बताइन्। हामी सबैको पिता प्रमात्मा हो भन्दै कार्यक्रम सम्पन्न गरेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.