महामन्त्री शशांक कोइरालालाई कोरोना पुष्टि

रिपोर्ट नेपाल | 2020 Sep 08 | 07:02 pm 2455

काठमाडौं, भदाै २३ः नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ।

कोइरालाका सहयोगी भरत तिवारीले भने, उहाँलाई कोरोना संक्रमण पुष्टि भएको अनौपचारिक जानकारी आयो, उहाँलाई कुनै समस्या छैन, रुघाखोकी, ज्वरो केही छैन, कोरोना आशंका गरिएपछि तातो पानी पिउनुभएको छ।

कहाँबाट सरेको हो भन्ने थाहा नभएको उनले बताए। हामी चार दिनअघि मेरियट्स होटल गएका थियौं, त्यसयता घरमै छौं, तिवारीले भने, उहाँ स्वस्थ हुनुहुन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.