महानगरले अल्फाबिटाको अवैध संरचनामा डोजर चलायाे

| 2022 Aug 25 | 04:28 pm 1401

काठमाडाैं, भदाै ९ः नयाँ बानेश्वरस्थित अल्फाबिटाको अवैध संरचनामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएकाे छ। अल्फाबिटाले भुईं तल्लामा अवैध तवरले पसल सञ्चालन गर्दै आएको भन्दै महानगरले अल्फाबिटाकाे संरचना भत्काएकाे हाे।

अल्फाविटाका मालिक कोरोना संक्रमणका समयमा खोप निर्यातसँगको विवादमा मुछिएको ओम्नी समूहसँग आवद्ध छन् ।

बिहान मेयर बालेन र अल्फाबिटाका प्रतिनिधिबीच नक्सा र भुईं तल्लाको प्रयोगबारे विवाद भएको थियो। बालेनले उनीहरुसँग नक्सा मागेका थिए, तर उनीहरुले महानगरमै भएको जवाफ दिएपछि बालेन आक्रोशित बनेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.