महानगरका ३२ वडामै भूमिगत पार्किङको अनुगमन गर्ने जिम्मा वडा कार्यालयहरूलाई

| 2022 Aug 26 | 01:27 pm 1909

काठमाडौं, भदाै १०ः काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङमा अवैध रूपमा चलिरहेका पसलहरूको अनुगमन गर्ने जिम्मा वडा कार्यालयहरूलाई दिएको छ ।

अहिले काठमाडौँको सीमित क्षेत्रमा मात्रै चलिरहेको यस्तो अभियानलाई ३२ वटै वडासम्म विस्तार गर्ने गरी अनुगमन थाल्न महानगरका मेयर बालेन साहले वडाध्यक्षहरूलाई भनेका छन् ।

वडा कार्यालयहरूले अनुगमन गरेर रिपोर्ट दिने र हटाउनका लागि सूचित समेत गर्ने गरी महानरले योजना बनाएको हो ।

वडा कार्यालयले दिएको रिपोर्टअनुसार अवैध संरचना र भूमिगत पार्किङमा चलेका पसलहरू हटाउने महानगरको तयारी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.