महरा पुत्र राहुल बयान दिन सिआइबी जाँदै

| 2023 Aug 29 | 12:40 pm 4869

काठमाडाैं, भदाै १२ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडाैंले विद्युतीय चुरोट (भेप) मा राखेर ल्याइएको ९ किलो सुन काण्डमा नाम आएका पूर्व सभामुख कृष्ण बहादुर महरा र उनका छोरा राहुल महरालाई अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोलाई निर्देशन दिएको थियो ।

सरकारी वकिलको कार्यालयले निर्देशन दिएपछि सिआइबी सकृय हुने देखेपछि महराका छोरा बयान दिनका लागि आफै सिआइबी जाने भएका छन् । सिआइबीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडाैंले बुझाएको आरोपपत्रमा महराका बावु छाेराको सुन तस्करसँग टेलिफोन सम्पर्क भएको उल्लेख छ । महरा बावु छाेरालाई प्रहरीले साधारण सोधपुछ सम्म नगरेको भन्दै सर्बत्र आलोचना बढेपछि मात्रै  राहुल जान लागेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.