महँगो शिक्षा र स्वास्थ्यकै कारण देश गरिबीको खाल्डोतिर धकेलियो : नेता भण्डारी

| 2023 Sep 25 | 05:01 pm 1913

काठमाडौँ ८ असोज । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार केन्द्रीय सदस्य चन्द्र भण्डारीले युवालाई देशमै रोक्ने गरी शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्ने बताएका छन् । नेता भण्डारीले देशबाट प्राविधिक र उच्च शिक्षाका नाममा बर्सेनि करिब डेढ खर्ब रुपैयाँबाहिर गइरहेको बताएका छन् ।

‘हिजो वीर अस्पतालमा गरिबका छोराछोरीले नर्स, अनमी र एचए पढ्थे, पाटनमा पढ्थे । तर अहिले त्यस्ता २४७ वटा कलेजहरू बन्द भएका छन् । त्यसबाट ९ हजारभन्दा बढी गरिबका छोराछोरीले पढ्न पाउने अवसर गुमाएका छन् उनले भनेका छन् ।’ देशमा गरिबका छोराछोरीले पढ्न पाउने कलेजसमेत बन्द गराएर कसले के गर्न खोजिरहेको छ ?’ उनको प्रश्न थियो ,

नेता भण्डारीले महँगो शिक्षा र स्वास्थ्यकै कारण देश गरिबीको खाल्डोतिर धकेलिएर गइरहेको बताए । आज मुलुकबाट एक खर्ब ४७ अर्ब पैसा विदेशमा शिक्षाका लागि बाहिरिँदै गरेको भण्डारीले बताए । ‘गरिबका छोराछोरीले देशमा पढ्न पनि नपाउने हो भने के गर्न यो देशमा बस्ने ?,’ उनले प्रश्न गरे ।

देशमा युवा नै नरहने हो भने अहिलेको पुस्ताले जे गरे पनि त्यसको अर्थ नहुन उनको भनाइ रहेको थियो । ‘हामीले यहाँ बहस गरिरहेका छौँ । संसद्‍मा छलफल गरिरहेका छौँ । दिनहुँ देशमा केही होस् भनेर काम गरिरहेका छौँ,’ उनले भने, ‘तर हामीले जति गरे पनि भोलि त्यसको लाभांश लिने पिँढी नै देशमा नहुनेहो भने हामीले जति जे गरे पनि त्यसको के अर्थ हुन्छ नेता भण्डारीले भनेका थिए ?

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.