काठमाडाैं, असोज १० । वैदेशिक रोजगारीका लागि मलेशिया पठाइदिने भनी ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ सुन्दरहरैचा न.पा. वडा नं. १ स्थाई घर भई हाल काठमाडाैं, बासबारी बस्ने वर्ष ३८ को हरी बहादुर मगरले सृजना राईलाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु भनी ठगी गरेका हुन् ।
उनलाई आकर्षक तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा कार्यालयबाट खटिएको प्रहरी टोलीले हरी बहादुर मगरको खोजतलास गर्ने क्रममा बसुन्धाराबाट पक्राउ गरेको प्रवक्ता सुचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन् ।