संखुवासभा, असार २४ः जिल्लाको चैनपुर नगरपालिका–१० मा मलामी गएर फर्किने क्रममा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चैनपुर–१० का ४६ वर्षीय केशव कार्की र २४ वर्षीय गंगाबहादुर तामाङ रहेका छन् । दुर्घटनामा ४४ जना घाइते भएका छन् ।
को २ त ३९६१ नम्बरको ट्याक्टर दुर्घटनामा घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी लालध्वज सुवेदीले जानकारी दिए ।
खराङबाट मलामीलाई खाजा बोकेर पिलुवा खोलामा गइ दाहा संस्कार गरी पुन: मालामी बोकी फर्कने क्रममा ट्याक्टर दुम्कटामा दुर्घटनामा परेको हो ।
घाइतेको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार र जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सवारी चालक चैनपुर–१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई अस्थायी प्रहरी चौकी सभाखोलाले नियन्त्रणमा लिएको जनाएको छ । ट्याक्टरको लोडपिन अचानक भाँचिन गइ रोडको बाँयातर्फ पल्टिएको प्रहरीले जनाएको छ ।