मलंगवामा आइतबार बिहान ८ बजेसम्म कर्फ्यु आदेश

| 2023 Sep 09 | 05:27 pm 4317

सर्लाही, भदाै २३ । कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा शुक्रबार साँझ दुई समुह बीच झडप भए पछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले सम्भाव्य घट्नालाई मध्यनजर गर्दै आइतबार बिहान ८:०० बजे सम्मका लागि मलंगवा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार घटनालाई मथ्थर पार्नका लागि राखिएको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिए पछि कर्फ्यु आदेश जारी गरिएको हो ।

झडप भएको स्थान वरिपरी अहिलेको अवस्था सामान्य रहे पनि सुरक्षा दृष्टिलाई ख्याल गर्दै स्थानीय प्रशासनले कर्फ्यू आदेश गरेको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.