एक्कासी स्वास्थ्यमा समस्या आएपछि कानून मन्त्री गुरूङ अस्पताल भर्ना

| 2023 Aug 10 | 02:37 pm 3341

काठमाडाैं, साउन २५ । सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार बिहान काम गरिरहेका बेला एक्कासी असजिलो भए पछि  कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ  अस्पताल भर्ना भएका छन्।

‘मन्त्रालयको आफ्नो कार्यकक्षमा काम गरिरहेका बेला उनलाई असजिलो भएको थियो । त्यसपछि तत्काल अन्नपूर्ण न्यूरो अस्पताल लगिएको गुरूङका स्वकीय सचिव प्रेम केसीले बताए ।

उनको स्वास्थ परीक्षण गर्दा  ब्लड प्रेसर लो देखिएपछि महाराजगन्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर रिफर गरिएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.