मनोनयन दर्ता गरेका उम्मेदवारमाथि आज उजुरी दिन सकिने

| 2022 Oct 10 | 10:43 am 829

काठमाडौं, असाेज २४:आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमाथि आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ। आयोगले उम्मेदवारको विरोधमा उजुरी दिने समय सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म निर्धारण गरेको छ।

आयोगका अनुसार आइतबार प्रत्यक्षतर्फ १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारीका लागी प्रतिनिधिसभातर्फ २,४७३ (पुरुष-२२४२, महिला-२३१), प्रदेशसभा तर्फ ३,३९३ (पुरुष-३०९९, महिला-२९३, अन्य- १) जनाले मनोनयनपत्र दर्ता गरेका छन्। आयोगले मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची हिजोनै प्रकाशन गरिसकेको छ।

मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय सोमबार दिउँसो ३ बजेदेखि २५ गते साँझ ५ बजेसम्म रहेको आयोगले जनाएको छ।

उम्मेदवारको नामावली प्रकाशन गर्ने असोज २५ गते साँझ ५ बजे देखि ७ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिने असोज २६ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने २६ गते दिउँसो १ देखि ३ बजेसम्म, उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने २६ गते अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.