कास्की, माघ १०: गण्डकी प्रदेशसभाका सदस्य सांसद दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उनलाई बैंकिङ कसूरमा अनुसन्धान गर्न पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी राजकुमार केसीले जानकारी दिए ।
मिलन पोखराको गैह्रापाटनबाट पक्राउ परेका हुन् । गत मंगलबार मिलनमाथि कुटपिटको आरोपमा प्रहरीले मनाङ्गेलाई बिहीबार पक्राउ गरेको थियो ।
उनी ओम गौरा जोस्टेलका सञ्चालक हरिभक्त अचार्यको उजुरीमा पक्राउ परेको बुझिएको छ ।