मनाङले एनआरटीलार्इ २-० गोलले हरायो

| 2018 Nov 17 | 02:50 pm 2029

काठमाडौं, मंसिर १: सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबारको पहिलो खेलमा मनाङ मर्स्याङदीले न्यू रोड टिम (एनआरटी) माथि विजय प्राप्त भएको छ। मनाङ एनआरटीमाथि २-० गोल अन्तरले विजय भएको हो ।

पहिलो हाफमा नै भएका दुबै गोल मनाङका लागि अन्जन बिष्ट र विदेशी खेलाडी ओलावाले आफिजले गरेका थिए । मनाङले १७ औं मिनेटमा अन्जन विष्टको गोल मार्फत अग्रता लिएको थियो ।

पेनाल्टी क्षेत्रमा अन्जन विष्टलाई मसुदले लडाएपछि पाएको पेनाल्टीलाई बिष्ट आफैंले गोलमा पयिरण्त गरेका थिए । ४० औं मिनेटमा विदेशी खेलाडी ओलावाले आफिजले गोल गर्दै मनाङकबो अग्रता दोब्बर पारे । उनले डिफेन्सलाई बिट गर्दै वन भर्सेस वनको स्थितिमा पेनाल्टी क्षेत्रभित्रबाट गोल गरे ।

पहिलो हाफको अन्त्यतिर मिनेटमा विमल राना मगरले अन्जनको क्रसमा गरेको हेडर पोस्टमा लागेर फर्केको थियो । दोस्रो हाफमा पनि मनाङले आक्रमक खेल जारी राखेको थियो । तर, थप गोल गर्न भने सकेन् । लगातार दोस्रो जितसँगै मनाङ अंक तालिकाको शीर्ष स्थानमा छ । एनआरटी भने १ अंकसहित मध्य तालिकामा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.