मनकारी युवा समुहद्वारा अग्नि पीडितलाई राहत

रिपोर्ट नेपाल | 2021 May 07 | 08:19 pm 2889

  • महेश सिंह

सिरहा, बैशाख २४ः मनकारी युवाहरुको एक समुहले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ पर्सा पोख भिन्डाका आगलागी पीडित ८ घरलाई रहत सहयोग गरेको छ ।

No description available.

उक्त आगलागीमा करिब ६० लाख मुल्य बराबरको धनमाल क्षेति भएको स्थानीय किरण राय दनुवारको भनाई छ । बर्षातको मुखमा आगलागि हुँदा अग्नी पीडित बिचल्लिमा परेका छन् ।

सोही दुःखद घडीमा उर्जाशिल युवाहरुको एक समुहले राहतको सामाग्र लिएर सहयोग गर्न घटना स्थल पुगेका छन्् ।

उर्जाशिल युवा समुह भगवानपुर सिरहाको पदाअधिकारी दिलीप कुमार यादवको विशेष पहलमा राहत वितरण भएको हो । राहत लिएर पदाअधिकारी दिलिप कुमार यादव, जिबछ यादव, जय प्रकाश यादव, पुस्पेन्द्र यादव, सन्तोष यादव, मनोज कुमार साह लगायतका युवाहरुले राहत दिन घटना स्थलमा पुगेका थिए ।

No description available.

राहत सामग्रीहरुमा चामल २५ किलो, रहरको दाल २ किलो, खाने तेल १ लिटर, च्युरा ५ किलो, स्वयाबिन १ किलो, सर्फ १ किलो, भुजिया १ किलो, भेस्ट ३ थान, नुहाउने साबुन २ पिस, हाफपेन्ट १ थान, नुन २ पोका, सुतिसारी २ थान, कम्बल १ थान लगायतका राहत सामग्री वितरण गरेका छन् । राहत लिँदै अग्नि पीडितले उर्जाशिल युवा समुहका पदाअधिकारीहरुलाई धन्यवाद दिएका थिए ।

आगलागीबाट स्थानीय लछु राम साह, लाले साह, आनन्द साह, धिरेन्द्र साह, बिरेन्द्र साह, राम लोचन साह, भगलु साह, सचिन्द्र साहको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

आगलागी बाट करिब ६० लाख मुल्य बराबरको धनमाल जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिए ।आगलागीबाट कुनै मानवीय क्षेति नभएको स्थानीयले बताए ।

आगो सल्केपछि गाउँभरी नै त्रास फैलिएको थियो । एक घन्टा पछि आगो स्थानीय बासीहरुले नियन्त्रणमा लिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.