मनकारी मंगलबहादुरले गरे पहिरो पीडितलाई सहयोग

रिपोर्ट नेपाल | 2019 Aug 01 | 10:56 am 3129

काठमाडौं, साउन १६:  आपत विपतमा परेकालाई सहयोग र समर्थन गर्ने हो भने भगवानले आफूलाई हेर्छन भन्ने आफ्ना बाबु गोपालसिंह गरंजाबाट शिक्षा पाएका मंगलबहादुर गरंजाले सत्यवती पहिरो पीडितका लागि ५ हजार एक रुपैयाँ सहयोग गरेका छन् ।

गुल्मीको रुरु गाउँपालिका २ ग्वादी स्थायी बसोबास भएका गरंजा अहिले काठमाडौंको गौरीघाटमा परिवार सहित व्यवसाय गर्दै आएका छन् । बाबु गोपालसिंह र आमा कृष्णकुमारीको सन्तानका रुपमा रहेका मंगलबहादुर सानै उमेरदेखि कसैको दुःख र पीडा देख्न सक्दैनथे ।

साउन ६ गते राति आफ्नै जन्मभूमिको ठ्याक्कै पारी पट्टीको गाउँमा गएको भीषण पहिरोबाट १३ जनाले ज्यान गुमाएको र सयौंको संख्या बिचल्लीमा परेको खबर सुनेपछि गरंजा चिन्तित बनेका थिए । रिपोर्ट नेपाल डटकमले सहयोगका लागि समाचार मार्फत आग्रह गरेपछि उनले ५ हजार एक रुपैयाँ सहयोग गरेका हुन ।

सहयोग गर्न धन भएर मात्र हुँदैन मान चाहिन्छ भन्ने यी साधारण व्यवसाय गर्ने मनकारी मंगलबहादुरले उदाहरण देखाइदिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.