मध्यराति लमजुङमा भूकम्पको धक्का

रिपोर्ट नेपाल | 2019 May 22 | 08:11 am 2007

काठमाडौं, जेठ ८ :मंगलबार मध्यराति भूकम्पको धक्का महसूस गरिएको छ ।

लमजुङको बेसीसहर आसपास केन्द्रबिन्दू भएर भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

राति ११ बजेर ४७ मिनेट जाँदा आएको भूकम्प ४.१ म्याग्निट्यूटको रहेको केन्द्रले जनाएको छ । राति सुतेको बेला भूकम्पको धक्का आएपछि सर्वसाधारण त्रसित बनेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.