मध्यरातमा शौचालय गएका भुजेल बेपत्ता भए

| 2021 Jun 21 | 09:30 am 15653

काठमाडौं, असार ७ः गत असार ४ गते राति साढे दुई बजे शौचालय जान्छु भनेर निस्किएका श्रीमान बेपत्ता भएपछि भैसेपाटी आवासमा बस्दै आएकी सनिता भुजेलले खोजिनिती गरिदिन महानगरिय प्रहरी परिसर ललितपुरमा निवेदन दिएकी छिन् ।

लामो समयदेखि भैसेपाटीमा भाडामा बस्दै मजदुरी गर्दै आएका ५० वर्षीय गोपाल भुजेलको तीनदिनसम्म पनि ज्यूदो वा मृत्यु केही खबर नपाएपछि उनकी श्रीमतीले खोजतलासका लागि निवेदन दिएकी थिइन ।

दुई छोराका बाबु एकाएक बेपत्ता भएपछि गोपालकी श्रीमती सनिता यतिखेर अत्यन्तै तनावमा रहेकी छिन् । एकातिर कमाएर पालन पोषण गर्ने श्रीमान बेपत्ता भएका छन् भने अर्को तर्फ लकडाउनका कारण स्थिति दयनिय बन्दै गएकोमा सनिता बढी तनावमा छिन् ।

राति साढे दुई बजे शौचालय जान निस्किएका श्रीमान घण्टौं नआएपछि उनले वरिपरी खोजतलास गर्दा फेला नपरेपछि नाताले जेठाजु दाई पर्ने वसन्त भुजेललाई गुहारेकी थिइन् ।

वसन्त भुजेलले पनि कही कतै भेटिन्छ कि भनेर खोकोना, छप्पी, पशुपति एरिया तिर खोजतलास गर्दा फेला नपरेपछि प्रहरीलाई खबर गरिएको हो ।

बेपत्ता भएका भुजेललाई कही कसैले फेला पारेमा वसन्त भुजेलको ९८६३४२४४१२ मा खबर गरिदिन आग्रह समेत गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.