मदिरा उद्योगबाट रु एक अर्ब ६२ करोड राजश्व

रिपोर्ट नेपाल | 2018 Aug 22 | 05:28 pm 1780

विराटनगर, भदौ ६ :  मोरङ जिल्लामा रहेका तीन वटा मदिरा उद्योगले गत आव ०७४/७५ मा रु एक अर्ब ६२ करोड ३७ लाख अन्तःशुल्क बुझाएका छन् ।

यसरी अन्तःशुल्क बुझाउनेमा मोरङको बूढीगङ्गा गाउँपालिका टंकिसिनबारीमा रहेको नेपाल लिकर्स प्रालिले रु एक अर्ब २२ करोड ५५ लाख रहेको छ भने बूढीगङ्गा मोरङमै रहेको गोल्डेन लिकर्स प्रालिले रु २५ करोड ६५ लाख र मोरङ रङ्गेली दर्वेशामा रहेको चण्डीका डिष्ट्रिलरी प्रालिले रु २४ करोड १७ लाख अन्तःशुल्क बुझाएको आन्तरिक राजश्व कार्यालय विराटनगरले जनाएको छ ।

मदिरा उद्योगले मदिरा उत्पादन र निकासी गरेबापत अन्तःशुल्क बुझाउने गरेको छ । कार्यालयले अन्तःशुल्क चुहावट रोक्नका लागि मदिरा उद्योगमा कर्मचारी खटाएर अनुगमनलाई तीव्र पारेको छ । उक्त तीन वटै मदिरा उद्योग ठुला करदाता कार्यालयमा गइसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.