मजदुरबीच झडप हुँदा १ को मृत्यु ३ घाइते

| 2023 Sep 19 | 11:21 am 1625

रूपन्देही, असोज २ ।  तिलोत्तमामा रहेको प्रहरी चाैकी नजिकै  मजदुरहरुको दुई समूहबीच गए राती झडप हुँदा एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-९ केरवानीमा मजदुरी गर्दै आएका दुई समूहबीच झडप हुँदा हेटौडा घर भई मंगलापुरमा बस्दै आएका सुरेश साङताङको मृत्यु भएको हो ।

झडपमा तीन जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

मदिरा सेवन गरेका मजदुरहरू धारिलो हतियारसहित झडपमा उत्रिएका थिए । झडपका क्रममा काठमाडौं महानगरपालिका–१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ घाइते भएका छन् ।

घाइते तीनै जनाको अवस्था गम्भीर रहेको बताइएको छ । झडपमा संलग्न १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.