मकालु हिमालबाट संकलित फोहोर हस्तान्तरण

| 2021 May 30 | 06:02 pm 2237

काठमाडाैं, जेठ १६ः आइतबार जङ्गी अड्डामा आयोजित कार्यक्रमकाबीच राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले “सफा हिमाल अभियान २०२१” अन्तर्गत् मकालु हिमालबाट संकलन गरिएको फोहोर Recycling गरी व्यवस्थापन गर्ने प्रयोजनको लागि Avni Ventures for Sustainability लाई हस्तान्तरण गरेका छन् ।

उक्त हिमालबाट संकलन गरिएको ६,६०७ के.जी. फोहोर मध्ये Bio-degradable (सड्ने/कुहिने) १,७२५ के.जी. फोहोर मिति २०७८ ज्येष्ठ १३ गते मकालु गाउँपालिकालाई बुझाइएको थियो भने Non Bio-degradable (नकुहिने) ४,८८२ के.जी. फोहोर Recycling गर्ने प्रयोजनको लागि आज हस्तान्तरण गरिएको हो ।

उक्त कार्यक्रमको दौरान सहायक रथी खड्काले हिमाल सफाईमा खटिएको टिमलाई बधाई तथा सहयोगी संस्था WWF Nepal, ICIMOD, Nepal Distilleries लगायत सम्बद्ध सबैमा हार्दिक कृतज्ञता व्यक्त गरेका थिए ।

मन्तव्य राख्‍ने क्रममा WWF Nepal का Country Director डा. घनश्याम गुरुङ्गले यस्तो महामारीको समयमा हिमाल सफाई जस्तो जोखिमपूर्ण जिम्मेवारी समेत योजना अनुरुप संचालन गर्न सकेकोमा सफाई अभियानमा संलग्न सबैको प्रशंसा गरेका थिए भने ICIMOD का सन्तोष पाठकले यस प्रकारको कार्यमा आफ्नो संस्था समेत सहभागि हुन पाएकोमा अति खुसी एवं गौरवानुभूति भएको बताए ।

“सफा हिमाल अभियान २०२१” अन्तर्गत् विभिन्‍न ६ वटा हिमालहरुबाट २७,६७१ के.जी. फोहोर संकलन गरिएको छ भने १७,८७७ के.जी. फोहोर Recycling तथा व्यवस्थापनको लागि सम्बन्धितहरुलाई हस्तान्तरण गरिसकिएको व्यहोरा समेत जानकारी गराइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.