म्याग्दी, साउन ३० : नेत्रविक्रम चन्द (विप्लव) समूहले म्याग्दीको बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो दलिदिनुका साथै र जुत्ताको माला लगाइदिएका छन् । भ्रष्टाचार गरेको भन्दै विप्लव समूहले बिहीबार वडा कार्यालयमै अध्यक्ष थापालाई कालोमोसो र जुत्ताको माला लगाइदिएका हुन् ।
राजश्व संकलनमा नातावाद कृपावाद गरेको र बजेट वितरणमा मनोमानि गरेको भन्दै कारबाही स्वरूप कालोमोसो दलिएको विप्लव समूह जनाएकाे छ । पटकपटक सुझाव दिँदा पनि सुधार नभएकाले चेतावनी स्वरूप कालोमोसो दलेको पार्टीले जनाएको छ ।