भ्रममा नपर्न नेता कार्यकर्तालाई नेता नेपालको आग्रह

| 2021 May 07 | 02:38 pm 4365

काठमाडौँ बैशाख २४ : बिहिबार प्रधानमन्त्रि तथा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति बिद्यादेबी भण्डारी संग भेटेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि प्रधानमन्‍त्री केपी ओलीसँग कुनै प्रकारको सहमति नभएकोले त्यसबारे भ्रममा नपर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन्।

नेता नेपालले शितलनिवास पुगेर राष्ट्रपतिसँग छलफल गरेको विषयलाई लिएर नेपालि राजनीतिमा विभिन्‍न चर्चा, अनुमान र आशंका गरिए पछि नेपालले शुक्रबार सामाजिक संजालमार्फत आफ्नो भनाइ सार्वजनिक गरेका हुन्। उनले पार्टी एकताका लागि वार्ता गर्न र लचकता अपनाउन तयार रहेको समेत उल्लेख गरेका छन। नेता नेपालले वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन।’

फागुन २८ गते र त्यसपछि बालुवाटारमा अध्यक्ष केपी ओलीले आफुखुसी राखेका बैठकहरुले गरेका निर्णय खारेज गर्नुपर्ने आफ्नो बटमलाइन यथावत रहेको पनि स्पस्ट पारेका छन्। त्यसकारण उनले यसबारेमा कुनै किसिमको भ्रममा नपर्न र नअलमलिन आग्रह गर्दै सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा क्रियाशील रहन समेत आम नेता कार्यकर्तालाई बिशेष अपिल गरेका छन्।

नेपालले २०७७ फागुन २८ गते र त्यसपछि बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन सामाजिक संजालमार्फत आह्वान गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.