काठमाडौं, साउन ३०: मिनभवन अगाडी पिकअप भ्यानले एक बृद्धलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार काठमाडौंको घट्टेकुलो बस्ने ७६ बर्षीय कृष्णप्रसाद न्यौपानेलाई बा ७ च ३६९४ नम्बरको पिकअपले ठक्कर दिएपछि सिभिल अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।
ठक्कर दिने गाडी र चालकलाई महानगरिय प्रहरी वृत्त नयाँ बानेश्वरले नियन्त्रणमा लिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।