भैरहवामा हुने कांग्रेस लुम्बिनि प्रदेशको उद्धाटनमा गृह मन्त्री खाणले सम्बोधन गर्ने

रिपोर्ट नेपाल | 2021 Dec 01 | 04:48 pm 2689

रुपन्देही, मंसिर १५ः नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत लुम्बिनि प्रदेशको उद्घाटन रुपन्देहीको भैरहवामा हुने भएको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचनको तालिका अनुसार रुपन्देहीको भैरहवामा रहेको महेन्द्र सभागृह मा भोलि मंसिर १६ गते दिउसो १२:३० बजे उद्घाटन हुने लुम्बिनि प्रदेश सचिवालयका सदस्य चिरञ्जीवी जोसीले जानकारी दिए।

जोसीका अनुसार १६,१७ र १८ गते हुने लुम्बिनि प्रदेश निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रदेशको संरचना अनुसार नेपाली कांग्रेस प्रदेशको निर्वाचन यो पहिलो पटक हुदै छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल सरकारका गृह मन्त्री माननीय बाल कृष्ण खाणले उद्घाटन तथा सम्बाेधन गर्ने कार्यक्रम तय भएको छ। १७ गते उम्मेदवारी दर्ता गरि १८ र १९ गते प्रदेशको अधिवेशन गरिने भएको हो। प्रदेश भरिका महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि गरि १५ सय ८५ जनाले मतदान गर्ने छन।

यसैगरी प्रदेश भरिका नेता तथा कार्यकर्ताहरु गरि ३ हजार बढिको सहभागिता रहने सचिवालय सदस्य सिव प्रसाद गैरेले जानकारी दिए। गैरेका अनुसार बाहिरी जिल्लाबाट सहभागि हुन आउनेहरुकोलागि खाने बस्ने,र सुत्नेको समेत व्यवस्था गरिएको छ भने रुपन्देही बासिन्दाका नेता तथा कार्यकर्ताहरुको लागि खानाको व्यवस्था गरिएको सचिवालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.