भूकम्पबाट मृत्यु भएका परिवारलाई पूर्वमन्त्री आलेद्वारा आर्थिक सहयोगको घोषणा

| 2022 Nov 09 | 04:30 pm 2025

डोटी, कात्तिक २३ः पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएरातीको भूकम्पमा परि मृत्यु भएका ६ जनाका परिवारहरुलाई रु एकलाख ५० हजार राहत दिने घोषणा गरेका छन् ।

आज बुधवार बिहान भूकम्पका कारण धनजनको क्षति भएको क्षेत्र पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँ पुग्नु भएका पूर्वमन्त्री आलेले मृतकहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारहरुलाई राहत सहित आवश्यक काज क्रियामा सहयोग पुगोस् भन्ने उदेश्यले जनही रु २५ हजारका दरले रु एक लाख ५० हजार राहतको घोषणा गरेका हुन् ।

आफुले घोषणा गरेको उक्त रकम जिल्ला विपद् व्यवस्थापन समिति मार्फत तत्कालै उपलव्ध गराउने जानकारी दिए । यसैगरी उनले अन्य बिभिन्न निकाय तथा क्षेत्रबाट पनि भूकम्प पीडितहरुका लागि आवश्यक राहतको व्यवस्था गरिदिन समेत आग्रह गरे । भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका ६ जनाले ज्यान गुमाएका छन् भने ७ जना गम्भीर घाइते भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.