भीरबाट लडेर बागलुङमा एक जनाकाे मृत्यु

रिपोर्ट नेपाल | 2020 Apr 25 | 08:54 am 2372

बाग्लुङ, बैशाख १३: भीरबाट लडेर बागलुङ नगरपालिका–८ तित्याङमा एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा ४८ वर्षीय तारानाथ खड्का रहेका छन्।

बिहिबार साँझ घरबाट निस्केका खड्का तित्याङकै ठुलास्वाँरा भीरबाट लडेर गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा धौलागिरी अञ्चल अस्पताल बागलुङमा मृत्यु भएको प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए।

भैरहवामा बस्दै आएका तारानाथ बाबुआमा भेट्न बाग्लुङ आएका थिए। उनी लकडाउनका कारण एक महिनादेखि तित्याङमै रहेकाे बुझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.