भीरबाट लडेर डाेटीमा एक महिलाकाे मृत्यु

| 2020 Oct 31 | 05:09 pm 2295

डाेटी, कात्तिक १५ः भीरबाट लडेर डाेटीमा एक महिलाकाे मृत्यु भएकाे छ । दिपायल सिलगढी नगरपालिका–७ पाँकरीस्थित नाउटेपानी खोलाको भीरबाट लडेर २८ वर्षीया शारदा कठायत भण्डारीको मृत्यु भएको हाे ।

प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शुक्रबार दिउँसो घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका बेला  भीरबाट लडेर उनकाे मृत्यु भएको बताए ।

शुक्रबार बाख्रा घर आए पनि शारदा राति अबेरसम्म घरमा नआउँदा स्थानीयवासीले खोजी गरेपछि गाउँ नजिकैको नाउटेपानी खोलाको भीरबाट लडेर मृतावस्थामा भेटिएको वडाध्यक्ष कर्णबहादुर विष्टले जानकारी दिए ।

शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.