भीमफेदी–कुलेखानी सडकखण्डमा पहिराेले स्कार्पियो पुरिँदा एकको मृत्यु, तीन घाइते

रिपोर्ट नेपाल | 2020 Sep 23 | 03:07 pm 2429

मकवानपुर, असाेज ७ः भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिकामा बुधबार बिहान पहिराेले स्कार्पियो पुरिँदा एक जनाको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण माथिबाट खसेको पहिराले काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको बा १७ प ४८७४ नं को स्कार्पियो पुरिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता ईन्द्रबहादुर रानाले जानकारी दिए ।

प्रवक्ता रानाका अनुसार सोही पहिरामा परी दुई जना घाइते भएका छन् । मृतक र घाइते सबैको नाम खुलेको छैन ।

उक्त पहिराले काठमाडौंबाट हेटौँडातर्फ गइरहेको गरेको बा ९७ प ४८५१ नं को मोरटरसाइकलमा आंशिक क्षति पुऱ्याउँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.