भिरमौरीले लियो एक युवकको ज्यान

रिपोर्ट नेपाल | 2019 Nov 06 | 06:54 am 2619

लमजुङ, कात्तिक २०: मंगलबार भिरमौरी काढ्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोर्दी गाउँपालिका–६ छोटेखोलाका स्थानीयवासी २६ वर्षीय गोपाल गुरुङ रहेका छन् ।

गुरुङ मौरी काढ्ने क्रममा भिरबाट लडेर घाइते भएका थिए । उनको एम्बुलेन्समा बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिए।

उनी भिरमौरीको मह काट्ने क्रममा गुरुङ चिप्लेर करीब ८० मिटर तल खसेको प्रहरी निरीक्षक धनबहादुर थापाले बताए । मृतक गुरुङलगायत अन्य १० जना भिरमौरी काट्न गएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.