भिरमा अड्किएका गौतमको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार

| 2023 Feb 03 | 04:30 pm 1609

पर्वत, माघ २०ः जिल्लाको कुश्मा नगरपालिका ५ स्थित बडागाउँ भिरमा अड्किएका एक जना
व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । सोही जिल्लाको कुश्मा नगरपालिका ७ दुर्लुङ्गचोक बस्ने ५३ वर्षिय गौतम गिरी हिड्ने क्रममा यही माघ १९ गते भिरमा खसेका थिए ।

सो बारे स्थानीयले सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ गण चण्डिका पर्वतलाई जानकारी गराएपछि उक्त गणबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको कमाण्डको टोलीले उनलाई रोप रेस्क्यु विधि अपनाई करीव १५ मिटर तलबाट सशुकल उद्वार गरेको हो ।

उद्वार पश्चात उनलाई उपचारको लागि जिल्ला अस्पताल पर्वततर्फ पठाएईको साथै उनको अवस्था भने सामान्य रहेको बताईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.