भिरबाट लडेर मुगुमा एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2022 Sep 07 | 11:50 am 1569

मुगु, भदाै २२ः मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा छायानाथ रारा नगरपालिका-१३ बामका वर्ष २६ गोरा बहादुर बढुवाल रहेका छन् ।

नगरपालिकाको १४ नं वडामा रहेको पिलेको धारा भन्ने स्थानमा भिर बाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक सुवाष हमालले जानकारी दिए ।

उनका अनुसार विगत केही दिनदेखि मृतक बढुवाल भेडा चराउन जंगलमै बसोबास गर्दे आई रहेका थिए । उनको शव अहिले जिल्ला अस्पताल मुगुमा राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.