भिरबाट लडेर महिलाको मृत्यु

रिपोर्ट नेपाल | 2022 Dec 02 | 07:30 am 3097

जाजरकोट, मङ्सिर १६ः जाजरकोटको बारेकोटमा भिर बाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्नका लागि नजिकको भिरमा  गएकि बारेकोट —५ धुमाकी ३५ बर्षीया पदमकली चलाउनेको भिर बाट लडेर मृत्यु भएको हो ।

स्थानीय कमलदिप कार्कीका अनुसार बिहीबार बेलुका सम्म पनि पदमकली घर नफर्के पछि खोजि गर्ने क्रममा  पदम कलि नजिकैको भिरको खोचमा मृत अवस्थामा फेला परेको जानकारी दिए । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.